नेपालगञ्जमा स्कुलमा बिद्यार्थी पड्दै गर्दा नजिकै देखिएको दृश्यले बिद्यार्थी र शिक्षक् हैरान !

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काशीराम शर्मा – चारैतिर खेत छ, खेतको बीचमा सडक छ, सडक छेउमै महाराजा माध्यमिक विद्यालय । नजिकै मसानघाट, जहाँ मुस्लिम समुदायको श व गाँडिन्छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैना गाउँस्थित महाराजा माध्यमिक विद्यालय छेउमै रहेको म’सानघा’टमा मुस्लिम समुदायको मानिसको नि’धनपछि अन्तिम संस्कारका लागि विद्यालय प्राङ्गण भएरै उक्त घा’टमा लैजाने गरिएको छ । दाह संस्कार भएको दिन विद्यालयमा पढ्न आउन विद्यार्थी ड’राउँछन् ।

विसं २०१० मा स्थापना भएको विद्यालयको छेउमै म’सानघा’ट हुँदा विद्यालयको पठनपाठनसमेत प्रभावित हुँदै आएको छ । विद्यालय छेउमै विसं २०७३ मा स्थापना भएको म’सानघा’टका कारण अध्ययन, अध्यापन गर्ने÷गराउनेमा समेत मानसिक र शारीरिकरूपमा असर पर्ने गरेको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद दीक्षितले बताउनुभयो । हुनत् विकासको तीव्र गतिसँगै बाँकेका धेरै ठाउँमा रहेका कतिपय म’सान’घाट मा’सिँदै जान थालेको छन् ।

विद्यालय सञ्चालन भइरहेका बेला मुस्लिम समुदायका मानिसको मृ’त्यु’पछि श’वलाई म’सानघाट ल्याउँदा विद्यार्थीले झ्याल बन्द गर्नुको विकल्प नभएको प्रधानाध्यापक हरिप्रसाद दीक्षितले बताउनुभयो । म’सानघा’टमा हुने नि’धन संस्कारको दृश्य नदेखियोस् भनेर विद्यार्थीले नै कक्षाकोठाका झ्याल लगाउने गर्दै आएका छन् । “विद्यालयमा ससाना बालबालिका अध्ययन गर्दै आएका छन् । उनीहरूको बाल मनोविज्ञानमा कस्तो असर पर्ला ?”, शिक्षकहरु बताउँछन् ।

त्यहाँ कार्यरत शिक्षक÷शिक्षिकाले विद्यालय छेउमा यसरी म’सानघा’ट बनाउनु उपयुक्त नभएको बताउनुभयो । तर मुस्लिम समुदायका नागरिकले अन्यत्र जमिन नभएको भन्दै छेउमै म’सानघा’ट बनाउँदा विद्यालयलाई समस्या भइरहेको बताएका छन् । प्रधानाध्यापक दीक्षितले भन्नुभयो, “श वको मुस्लिम संस्कारअनुसार अन्तिम संस्कार गरिरहेको दृश्य र त्यसबाट आउने दु’र्गन्धले निकै असजिलो हुन्छ । त्यसमाथि अरू समस्या त छँदैछ ।”

नेपालगञ्ज उपमहानगरपालिकाभित्र रहेको सामुदायिक विद्यालयमध्ये यो पुरानो विद्यालय हो । उक्त म’सानघा’टमा पुरैना गाउँ, फुल्टेक्रा, नहरपूर्वा गाउँका मुस्लिम समुदायका मानिसको मृ’त्युपछि अन्तिम संस्कार गर्ने गरिएको प्रधानाध्यापक दीक्षितले बताउनुभयो । “म’सानघा’टमा जब श व ल्याएको देखिन्छ, त्यसपछि विद्यालयमा बस्नै नसकिने वातावरण हुन्छ”, उहाँले भन्नुभयो । विद्यालयलाई नै यहाँबाट सार्नुप¥र्यो भनेर जनप्रतिनिधि आएपछि विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरेर निवेदनसमेत दिएको प्रधानाध्यापक दीक्षितको भनाइ छ । तर अहिलेसम्म यसको कुनै सुनुवाइ हुन सकेको छैन । उहाँका अनुसार घा’टमा ला श ल्याएर अन्तिम संस्कारका लागि काम थालेपछि विद्यार्थीको मानसिकता पढाइमा भन्दा बाहिरतिर बढी जाने गरेको छ ।

दाहसंस्कार भएको दिन मात्र नभई त्यसको तीन÷चार दिनसम्म पनि विद्यालयको पठनपाठन प्रभावित हुने गरेको छ । शिक्षक र विद्यार्थीमा मनोवैज्ञानिक त्रा’स पैदा हुने गरेको स्थानीयवासीको भनाइ छ ।

उक्त समुदायका मानिसले विगतमा विद्यालयको गेट नजिकै अन्तिम संस्कार गर्ने गरेका थिए । तर केही वर्षयता गेट नजिकबाट हटाएर अलि पर विद्यालयको छेउमा म’सान’घाट नै बनाएर नि’धनपछिको अन्तिम संस्कार गर्ने गरेको प्रधानाध्यापक दीक्षितले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय क्षेत्रमा यसरी म’सानघा’ट बनाउन नहुने भए पनि यस विषयमा मुस्लिम समुदाय र शिक्षा कार्यालयसमेत उदासिन रहँदै आएका छन् ।”

“एक बिघा १७ धुर जमिन रहेको उक्त विद्यालयमा जताततै चि’हान मात्रै छन्”, विद्यालयका शिक्षिका मञ्जु थापाले भन्नुभयो, “पहिले त विद्यालय भएकै ठाउँमा पनि चिहान थिए । तर पछिल्लो समय उक्त समुदायले म’सानघा’टको पर्खालभित्र मात्रै चिहान बनाउने गरेका छन् ।” विद्यालय छेउमै म’सान’घाट भएकाले बिहान ट्युसन पढ्न आउँदा एकदमै ड’र लाग्ने गरेको विद्यार्थी पवित्रा सुनारको भनाइ छ ।

विद्यार्थी सुनारका अनुसार एक्लै आउन नसक्ने भएपछि हरेक दिन अभिभावक वा कुनै साथीसँग मात्रै बिहानको कक्षा लिन विद्यालय आउनुपर्ने बाध्यता छ । विद्यालयमा दिउँसो फुटबल खेल्दासमेत कहिलेकाहीँ बल पर्खालभित्र गएको अवस्थामा लिन जाँदासमेत दिउँसै ड’र लाग्ने गरेको अर्का विद्यार्थी माया चौधरीको भनाइ छ । विद्यार्थीले म’सानघा’ट विद्यालय छेउबाट अन्यत्र सारिनुपर्ने मागसमेत गरेका छन् ।

मुस्लिम समुदायका अगुवा भने तत्कालै उक्त म’सानघा’ट अन्यत्र सार्न नसकिने बताउँछन् । नेपालगञ्ज–२१ का वडाध्यक्ष रञ्जित खाँले वडा क्षेत्रमा सरकारी जमिनको अभावले म’सानघा’ट अन्यत्र सार्न नसकिने बताउनुभयो । “वडाभित्र पर्याप्त जमिन छैन, त्यसैले अन्य जमिन दिन सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “तर, म’सानघा’टले विद्यालयमा पर्न गएको असर कम गर्न त्यसमा थप पर्खाल लगाई केही सुधार गर्न सकिएला ।”

संस्कृति, परम्परा र सभ्यतासँग जोडिएको हुन्छ, म’सानघा’ट । विद्यालयमा त्यही संस्कृति र परम्परा जोगाउन देशका धरोहरलाई शिक्षा प्रदान गरिन्छ । त्यसैले दुवैको महत्व निकै छ । मुस्लिम समुदायका एक जना स्थानीयवासीले भन्नुभयो, “म’सान’घाट हाम्रो सभ्यता हो, यसलाई सार्न सकिँदैन तर विद्यालय त सकिन्छ नि ?” हाम्रो संस्कृति, परम्परा र सभ्यता भएकाले म’सानघा’टभन्दा पनि विद्यालय सार्नु उपयुक्त भएको मुस्लिम अगुवाको भनाइ छ ।

यो पनि पढ्नुस
उमेरले ८० औं बसन्त पार गरेकी आशा भोस्ले बिहिबार जव रेडियो नेपालको स्टुडियोमा रिहर्सलको लागि पुगिन । नेपाली साँगीतिक आकासका एक धुर्व तारा रामकृष्ण ढकाल पनि देखिए । सम्बोधनको क्रममा सालीन स्वभावका रामकृष्ण ढकालले आशाको खुट्टा छोएर ढोंगे । आशाले आर्शिवाद दिइन् ।

आशा भोस्लेसँग शनिबार हुने साँगीतिक कार्यक्रममा रामकृष्ण ढकालले ‘मोहनी लाग्ला है’ बोलको गीत गाउने छन् । नेपाली साँगीतिक आकासका धुर्वतारा मानिएका ढकालले आशा भोस्लेको खुट्टा ढोग्दै गर्दा उपस्थित सबैको ध्यान ढकाल तर्फ थियो । ढकाल तर्फ ध्यान जाने अर्को कारण के पनि छ भने बुधबार मात्र नेपाली सञ्चार माध्याममा रामकृष्णको निजी जीवनको कुराले राम्रै स्थान पाएको थियो ।

साधना कला केन्द्र पुतलिसडकले आमन्त्रण गरेर आशा भोस्ले नेपाल आएकी हुन्। उनले २८ डिसेम्बर अर्थात यही शनिबार काठमाडौंको सोल्टी होटलमा आयोजना हुन लागेको ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोस्ले’ नामक सांगीतिक कार्यक्रममा प्रस्तुती दिनेछिन्। संगीतकार रञ्जित गजमेरको संगीतमा भोसलेले गीत गाउने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए।

त्यहाँ संगीतकार रञ्जित गजमेर र गायिका आशा भोस्लेलाई सम्मान गरिनेछ। ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हाल्यो’, ‘मोहनी लाग्ला है’, ‘किन बढ्दै छ ढुकढुकी मुटु’को लगायतका दर्जनौं नेपाली गीत कालजयी छन्। भोस्लेले संगीतकार गजमेरको सम्पर्कमा नेपाली गीत गाएकी हुन्।

Comments

comments

सम्बन्धित शीर्षकहरु